१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o८:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दलित बालिका बलात्कृत घटना : तीन महिना हुन लाग्दा पनि पक्राउ परेनन् आरोपी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:१२:oo

बिर्तामोड नगरपालिका– १० कुवापानीकी एक १५ वर्षीया दलित बालिका बलात्कृत भएको तीन महिना हुन लाग्यो । तर, बलात्कारी अझै पक्राउ परेका छैनन् । अपराधी पक्राउ नपर्दा दलित बालिकाले न्यायको अनुभूति गर्न पाएकी छैनन् ।गत २६ साउनको मध्यरात घरमै बालिकामाथि बलात्कार भएको थियो । आरोपी बिर्तामोड– ३ का करिब २७ वर्षीय विजय महतोलाई प्रहरीले अझै पक्राउ गरेको छैन । इलाका प्रहरी कार्यालय अनारमनीमा किटानी जाहेरी परे पनि प्रहरीले आरोपी पक्राउ गर्न चासो नदेखाएको पीडित परिवारको गुनासो छ । फरार महतो पक्राउ नपर्दा पीडित बालिका र परिवारले असुरक्षित महसुस गरेका छन् । 

कक्षा नौमा अध्ययनरत ती बालिकालाई महतोले घरमा आमा नभएको मौका छोपी बलात्कार गरेका थिए । ‘घरमा शारीरिक रूपमा अशक्त र राम्ररी बोल्न नसक्ने दिदी थिइन् । हजुरबुबा खस्नुभएकाले भाइलाई लिएर ममी पहाडघर जानुभएको थियो । बुबा अर्को काठोमा सुत्नुभएको थियो,’ पीडित बालिकाले भनिन्, ‘राति ११ बजेतिर कसैले ढोका ढकढक्याएपछि मैले खोलेँ । जबर्जस्ती घरभित्र पसेर ममाथि बलात्कार गर्‍यो ।’ 

बालिकाले बचाउमा हल्ला गर्न खोज्दा मुख थुनेर धम्क्याए पनि अर्को कोठामा सुतेका बुबाले थाहा पाएपछि महतोलाई त्यही कोठामा थुनेर राखेका थिए । भोलिपल्ट समाज बस्यो । बिर्तामोड– १० का वडाध्यक्ष दुर्योधन गुरुङसहितले ती युवालाई आवश्यक परे झिकाउने गरी परिवारको जिम्मा लगाए । त्यहाँ प्रहरी पनि उपस्थित रहेको पीडित परिवारको दाबी छ । पीडित बालिकाका बाबुले भने, ‘म नभएको वेला वडाध्यक्ष गुरुङलगायतले बलात्कारीलाई दाइको जिम्मा लगाएर पठाएछ । यसरी छोरीले न्याय पाउँदिन भन्ने लागेर प्रहरीमा जाहेरी दियौँ । तर, प्रहरीले यत्तिका दिनसम्म पनि पक्राउ गरेको छैन ।’

वडाध्यक्ष गुरुङले भने संलग्नता इन्कार गरे । ‘हामी मलामी जाँदै थियौँ । त्यहाँ मानिस जम्मा भएको देखेर गयौँ । छलफल हुँदै थियो । मैले यस्तो केसमा कागज गर्न मिल्दैन, दुवैजनाका बुबाआमासँग छलफल गर्नु भनेर निस्किएको हुँ,’ गुरुङले भने, ‘त्यसपछि के भयो थाहा छैन । पछि प्रहरीमा जाहेरी परेछ । मैले गाउँमा सोध्दा केटाकेटीबीच एक वर्षदेखि प्रेम–सम्बन्ध थियो भनेको सुनेँ ।’ 

बालिकाले भने महतो चिनजानकै भए पनि कुनै सम्बन्ध नरहेको बताइन् । महतोले त्यसै दिन र उसको परिवारले पछि प्रेम–सम्बन्ध थियो भन्न आफूलाई दबाब दिएको सुनाइन् । ‘मलाई बलात्कार गर्‍यो । मेरो इज्जत पनि जाने भयो भनेर डर लाग्यो । बिहे गर्छु भनेर फकायो पनि,’ उनले भनिन्, ‘मलाई डर देखायो । अनि मैले बाध्य भएर भनेँ ।’

  जाहेरी लिन प्रहरीको आनाकानी
पीडित युवतीकी आमा पहाडबाट आएपछि ३१ साउनमा महतोविरुद्ध जाहेरी दिएकी थिइन् । प्रहरीले जाहेरी लिने वेलामा नै दुःख दिएको पीडित बालिकाकी आमा बताउँछिन् । ‘प्रहरीले यिनीहरूको प्रेम–सम्बन्ध रहेछ किन फसाउनुहुन्छ भन्दै जाहेरी रोक्न खोजेको थियो,’ उनले भनिन्, ‘हामीले ३१ साउनमा जाहेरी दिएका थियौँ । १२ भदौमा मात्र जाहेरी दर्ता गरेको रहेछ । हामीलाई सुरुदेखि नै प्रहरीको क्रियाकलापमा शंका लागेको छ ।’

जाहेरीपछि पनि आरोपित महतो पक्राउ नपर्दा छोरीको सुरक्षा गर्न मुस्किल भएको पीडित बालिकाकी आमा बताउँछिन् । ‘स्कुल पठाउनुपर्छ । कतिवेला के गर्ने हो भन्ने डर छ । स्कुलबाट घर आइपुग्न एकछिन ढिला हुँदा पनि मन अमिलो हुन्छ,’ उनले भनिन्, ‘प्रहरी कार्यालयमा गएर बुझ्यो भने फरार छ, कतै थाहा पाउनुभयो भने भन्नुहोला भन्छन् । यहाँ छ भनेर देखाउँदा मात्र प्रहरीले पक्रने हो र ? प्रहरीले खोज्नुपर्दैन ?’ 

ad
ad