१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मुख्यमन्त्री पोखरेलको चाहना : त्रिवेणी–कोरोला कनेक्सन  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:२o:oo

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको लाइफलाइनका रूपमा परिचित त्रिवेणी–कोरोना कनेक्सनका लागि प्रदेश सरकारले हरसम्भव प्रयास गरेको बताए। गृहजिल्ला नवलपुरका विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा उनले डेढगाउँदेखि झ्यालवास खण्ड डबल लेनको बनाउनका लागि ठेक्का लागिसकेको भए पनि दुम्कीबासदेखि त्रिवेणी खण्डमा नै अवरोध भएको भन्दै यसको पनि समाधान खोजिने भनाइ राखे।

चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा यो सडकखण्डको आठ किलोमिटर पर्छ। उनले भने, ‘दुम्कीबासबाट त्रिवेणीका लागि हिजोको सरकारले पैसा छुट्यायो, निकुन्जका कारणले काम गर्न सकेन, पैसा त जतिवेला पनि हामीसँग हुन्छ त्यसको लागि, तर प्रक्रियामा लान पर्‍यो, निकुन्जबाट त्यो क्षेत्र छुट्टिनेबित्तिकै हामी काम थाल्छौँ, यो केन्द्र सरकारलाई भनेका छौँ, हिजोका मुख्यमन्त्रीले पनि भन्नुभएकै हो।’

युनेस्को भनेर रोकियो भने सधैँ यसै बसिरहन नसकिने भन्दै उनले विकल्पमा सुरुङमार्गसमेत निर्माण गर्न सकिने भनाइ राखे। सुरुङमार्गका लागि १८ देखि २० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिए र संघ सरकारको समेत सहयोग लिएर काम गर्न सकिने उनकाे भनाइ छ। सुरुङ नभए फ्लाइओभरसमेत निर्माण गर्नुपर्ने मुख्यमन्त्री पोखरेलले बताए। यसका लागि मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई मौखिक एवं लिखित रूपमा जानकारीसमेत गराइसकेका छन्।

ad
ad