मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ कार्तिक १५ सोमबार ११:१२:००
Read Time : < 1 मिनेट
ब्लग प्रिन्ट संस्करण

सेक्युरिटी मजदुरका पीडा 

Read Time : < 1 मिनेट
२०७८ कार्तिक १५ सोमबार ११:१२:००

वर्षौँदेखि सेक्युरिटी मजदुरहरूले अन्याय, अत्याचार, शोषण र विभेद भोग्दै आइरहेका छन् । काठमाडौंका विभिन्न स्थानमा कार्यरत सेक्युरिटी मजदुरहरू चर्को समस्यामा छन् । अधिकांश सुरक्षागार्ड अनपढ र सीपमूलक तालिम नलिएका अदक्ष श्रमिकका रूपमा रोजगारदाता कम्पनीका मालिक तथा कर्मचारीबाट हेपिएका छन् । 

त्यसैगरी सेक्युरिटी कम्पनीहरूले पनि सेक्युरिटी मजदुरलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिकसमेत दिने गरेका छैनन् । तर, उनीहरूको पीडाको सुनुवाइ कहीँ कतैबाट भएको छैन । निजी कम्पनीहरूको सुरक्षामा सेक्युरिटी मजदुरहरूको महत्वपूर्ण भूमिका हुन्छ । तर, तिनै मजदुरलाई आत्मसम्पानपूर्वक बाँच्नसमेत कठिन भइरहेको छ । 
 निरञ्जन मैनाली, कोल्हवी, बारा
हाल : काठमाडौं