१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ कार्तिक १० बुधबार ०७:५५:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कर्णालीमा लोकसेवासम्बन्धी अध्यादेश जारी

Read Time : < 1 मिनेट
२०७८ कार्तिक १० बुधबार ०७:५५:००

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवासम्बन्धी अध्यादेश जारी गरेका छन् । प्रदेशप्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम मंगलबार प्रदेश लोकसेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश, २०७८ लाई जारी गरेका हुन् ।

प्रदेश सभाबाट पारित ऐनमा विभिन्न त्रुटि भएको पाइएपछि सरकारले संशोधन ऐन ल्याउने तयारी गरेको थियो । प्रदेश सभा अधिवेशन बोलाउने टुंगो नहुँदा प्रदेश सरकारले अध्यादेशमार्फत उक्त ऐन संशोधन गरेको हो ।

प्रदेश लोकसेवा आयोगका पदाधिकारी नियुक्त भएको लामो समय बितिसक्दासमेत ऐन संशोधन नहुँदा कामकाज प्रभावित भएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र पठाएको दुई दिनपछि प्रदेश प्रमुख कलौनीले अध्यादेश जारी गरेका हुन् ।