Skip This
सूर्या लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार o६:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o६:१४:oo

सूर्या लाइफ इन्स्योरेन्सले नयाँ लोगो सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो मूल नारा ‘सर्वे भवन्तु सुखिन’ रहने व्यहोरा व्यक्त गरेको छ । नयाँ लोगो कम्पनीको सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराई, कम्पनीका सञ्चालक तथा बिमाविज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले संयुक्त रूपमा अनावरण गरेका छन् ।

कार्यक्रममा अध्यक्ष भट्टराईले नयाँ लोगो सार्वजनिक भएसँगै नयाँ पहिचानका साथ कम्पनी अगाडि बढ्ने विश्वास व्यक्त गरे । कार्यक्रममा झाले नयाँ लोगोका तीन रङ रातो, कालो र पहेँलोले कम्पनीको उद्देश्यलाई स्पष्ट पार्ने बताए ।    

त्यसैगरी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत खड्काले नयाँ लोगो र नयाँ पहिचान भनेको बिमा सेवामा उत्कृष्टताको प्रतिबद्धता रहेको बताए । कम्पनी व्यवस्थापन सञ्चालक समिति, बिमित, अभिकर्ता र नियमनकारी निकाय सबैमा आफ्नो उत्कृष्ट पहिचान राख्न कटिबद्ध रहेको बताए ।   

ad
ad