Skip This
गण्डकीमा १० दिने नाटक निर्देशन कार्यशाला 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
२o८१ बैशाख २८ शुक्रबार o६:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

गण्डकीमा १० दिने नाटक निर्देशन कार्यशाला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार o६:१८:oo

गण्डकी प्रदेशका नाट्यकर्मीका लागि प्रदेश राजधानी पोखरामा प्रदेशस्तरीय नाटक निर्देशन कार्यशाला सुरु भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजना र पोखरा थिएटरको सहकार्यमा पोखरा थिएटरको गन्धर्व नाटकघरमा जारी कार्यशाला १५ कात्तिकसम्म चल्नेछ । 

कार्यशालामा प्रदेशका ११ जिल्लामध्ये नौ जिल्लाका २२ जना नाट्यकर्मी सहभागी छन् । प्रदेशका ११ मध्ये मनाङ र मुस्ताङबाहेक अन्य जिल्लाका नाटककर्मी सहभागी रहेका प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । सहभागीहरूलाई विभिन्न १५ जना प्रशिक्षकले नाटकका विभिन्न विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान दिनेछन् । प्रतिष्ठानले यस वर्ष कार्यशालासँगै नाटकसँग सम्बन्धित तीनवटा कार्यक्रम आयोजना गर्ने श्रेष्ठले बताए ।

गण्डकीका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले कार्यशालाको उद्घाटन गरेका हुन् । सो क्रममा उनले प्रदेशको नाट्य क्षेत्रलाई थप क्रियाशील बनाउन सघाउने बताए । प्रदेशको नाट्य क्षेत्रको विकासका लागि मन्त्रालय सधैँ लाग्ने प्रतिबद्धता पनि जनाए । कार्यशालाले प्रदेशमा नाटकप्रतिको आकर्षण बढाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । 

प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले पोखरा नाटकका लागि उर्वर भूमि रहेको बताउँदै कार्यशालाले यसलाई थप चलायमान बनाउन सहयोग गर्ने धारणा राखे । समाजशास्त्री प्रा.डा. विश्वकल्याण पराजुलीले समाजमा रहेका विषयवस्तुलाई नाटकमार्फत प्रस्तुत गर्न कार्यशालाले सहयोग गर्ने बताए । यस्तै, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, प्राज्ञ सदस्य सुरेन्द्र गुरुङलगायतले नाटकका विविध विषयमाथि विचार व्यक्त गरेका थिए ।

ad
ad