१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

पाँचथरमा बस दुर्घटना हुँदा चारको मृत्यु, ६५ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:o९:oo

फिदिम नगरपालिका– ४ सखरखण्डेमा आइतबार यात्रुबाहक बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । बसचालकसहित ६५ जना घाइते भएका छन् । आइतबार बिहान ११ बजे यासोकबाट फिदिमतर्फ आउँदै गरेको को.१ख ३८६५ नम्बरको बस ओभरटेक गर्ने क्रममा पानीले भिजाएको कमलो माटो फुस्किँदा अगाडिको टायर चिप्लेर बस सडकबाट अन्दाजी २० मिटर तल खस्दा दुर्घटना भएको थियो ।

पाँचथर प्रहरी प्रमुख डिएसपी दानबहादुर थापाका अनुसार बसमा सवार रहेका लेटाङ नगरपालिका– ६ मोरङका प्रज्ज्वल मगर, इलामकी प्रमिला देवान र उनको सातमहिने छोरा निश्चल तथा एकजना पहिचान खुल्न नसकेकी महिलाको मृत्यु भएको छ । दुर्घटनाबाट गम्भीर घाइते भएका १६ जनालाई नेपाली सेनाको एमआई हेलिकोप्टरबाट धरानको बिपी स्वास्थ्य प्रतिष्ठानमा उपचारका लागि ल्याइएको छ ।

११ जनालाई थप उपचारका लागि झापाका विभिन्न अस्पतालमा पठाइएको छ । अन्य घाइतेको फिदिमका विभिन्न अस्पतालमा उपचार भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पाँचथर प्रहरीले जनाएको छ ।

ad
ad