१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गुणस्तरहीन मिठाई बेच्ने चाबहिलका दुई मिठाई पसललाई जरिवाना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:o९:oo

गुणस्तर मापदण्ड पूरा नगरेका चाबहिलका दुईवटा मिठाई पसललाई जरिवाना तिराइएको छ। काठमाडौँ महानगरको ‘बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति’ले सोमबार गरेको अनुगमनका क्रममा जरिवाना तिराएको हो।

दर्ता अनुमति नलिई चलेका, नवीकरण नगरेका, गुणस्तर मापदण्ड पूरा नगरेकाले गुप्ता एन्ड गुप्ता स्विट्स एन्ड चाटलाई १० हजार रुपैयाँ र पूजा स्विट हाउसलाई २० हजार रुपैयाँ जरिवाना तिराइएको अनुगमन अधिकृत हरिबहादुर भण्डारीले जानकारी दिए। अनुगमन गरिएका मिठाई पसलहरूमा कोभिड स्वास्थ्य मापदण्ड पालना नगरिएको, भान्साको सरसफाइमा ध्यान नदिएको, म्याद गुज्रिएका खाद्य वस्तु बिक्री गरेको, अनुमति नलिई मिठाईजन्य खानेकुरा प्याकेजिङ गर्ने गरिएको भेटिएको उनको भनाइ छ। अनुगमनकै क्रममा म्याद गुज्रिएका हल्दिराम ब्रान्डका प्याकेट जफत गरिएको छ।

त्यस्तै, सन्तोष स्विट्समा प्रयोग गरिरहेको करिब पाँच लिटर खान अयोग्य तेल नष्ट गरिएको छ। म्याद गुज्रिएको सोना पापड नाै प्याकेट, मुग दाल सात प्याकेट, विकिनी पञ्जावी तड्का चार प्याकेट, विकिनी भुजिया चार प्याकेट, विकिनी मिक्स ९० प्याकेट जफत गरिएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए।
 

ad
ad