मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ कार्तिक ५ शुक्रबार २१:३३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घट्टको पाइप काटेको निहुँमा हातखुट्टा बाँधेर कुटपिट

Read Time : < 1 मिनेट
२०७८ कार्तिक ५ शुक्रबार २१:३३:००

घट्टको पाइप काटेको निहुँमा सल्यानमा एकजनामाथि हातखुट्टा बाँधेर कुटपिट भएको छ । दार्मा गाउँपालिका– ५ बाँधनेनिवासी जीवन खड्काले बिहीबार घट्टमा लगाएको पानीको पाइप काटेपछि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

स्थानीय दुई दाजुभाइ निमबहादुर खड्का र जितबहादुर खड्काले सञ्चालन गरेको घट्टको पाइप काटेपछि उनकै घरमा गएर काट्छु, मार्छु भनेपछि दुई दाजुभाइले कुटपिट गरेको बुझिएको छ । 

जीवनबहादुरलाई दुई दाजुभाइले डोरीले हातखुट्टा बाँधेर कुटपिट गरेको प्रहरी नायब उपरीक्षक गोविन्द थापाले बताए ।  
उनका अनुसार घटनालगत्तै प्रहरीको टोलीले घाइते जीवनलाई उद्दार गरेर उपचारका लागि रुकुमको चौरजहारी पठाएको थियो । आरोपित दुई दाजुभाइलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।