मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक ३ बुधबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ३ बुधबार १४:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओली भन्छन्– माधव नेपालको पार्टीको गन्तव्य नै एमाले सिध्याउनु हो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ३ बुधबार १४:२९:oo

नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले माधव नेपालको पार्टी एमालेलाई सिध्याउन लागिपरेको आरोप लगाएका छन्। बुधबार बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादीको उद्देश्य नै एमालेलाई सिध्याउनु रहेको बताए।

‘माधव नेपालको गुटको गन्तव्य नेकपा एमालेलाई सिध्याएर प्रतिक्रियावादीहरूलाई बलियो बनाउने हो। त्यो पनि गन्तव्य हो र ? त्यो त विनाश हो। विनाशलाई गन्तव्य भनिँदैन। जुन बिलकुल असम्भव छ,’ उनले भने।

अध्यक्ष ओलीले एमालेको तुलना अन्य पार्टीसँग हुनै नसक्ने दाबीसमेत गरेका छन्। एमाले गन्तव्यसहितको पार्टी भएको र अन्य पार्टी गन्तव्यहीन भएको भन्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘एमालेको तुलना अन्य पार्टीसँग हुनै सक्दैन। एमालेसँग मात्रै गन्तव्य छ। अरू कुनै पार्टीसँग छैन।’