१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ३ बुधबार १३:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महतद्वारा वर्षाको क्षति र सवारी दुर्घटनाबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ३ बुधबार १३:३०:००

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले बेमौसमी वर्षाबाट भएको क्षति र  सवारी दुर्घटनाको विषयलाई लिएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। सहमहामन्त्री महतले आज बिहान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर यसबारे ध्यानाकर्षण गराएका हुन्। 

सोमबारदेखि निरन्तर परेको वर्षाबाट सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबानबाट पुगेको जनधन, पूर्वाधार, खेतीबालीको क्षति तथा दसैँको अवधिमा भएका सवारी दुर्घटनाहरूका विषयलाई लिएर प्रधानमन्त्रीले चिन्ता व्यक्त गरेको उनले बताए।

‘असमयमा पर्न गएको वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट विभिन्न जिल्लामा पुगेको जनधन, भौतिक पूर्वाधार र खेतीबालीको क्षतिप्रति प्रधानमन्त्रीज्यू अत्यन्त चिन्तित हुनुहुन्छ,’ उनले भेटबारे जानकारी दिँदै भनेका छन्, ‘सवारी दुर्घटनामा परेका यात्रुहरूको निःशुल्क स्वास्थ्योपचार, मृतकका परिवारलाई राहत सहयोग गर्ने र दीर्घकालमा दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्ने सम्बन्धमा प्रधानमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ।’

भेटघाटका क्रममा उनले तत्काल राहत र उद्धारका काम सम्पन्न गरेपछि वर्षाले धानबालीमा पुर्‍याएको क्षतिबारे विवरण संकलन गरेर क्षतिपूर्तिको व्यवस्था गर्नसमेत प्रधानमन्त्रीसँग आग्रह गरेको बताएका छन्।