१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o९:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

नेपालमा एक करोड ८८ लाख डोज खोप आयो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:२२:oo

एक करोड ५० लाख ४८ हजार दुई सय ८८ डोज खोप प्रयोग, चाडपर्वले रोकिएको खोप चाँडै सुरु हुने

नेपालमा हालसम्म एक करोड ८८ लाख ५८ हजार सात सय १० डोज खोप आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार आएका खोपमध्ये एक करोड ५० लाख ४८ हजार दुई सय ८८ डोज प्रयोग भइसकेका छन् । 

डा. कृष्णप्रसाद पौडेल प्रवक्ता, स्वास्थ्य मन्त्रालय

चाडपर्वले गर्दा धेरै प्रयोगशालाले कोरोनाको परीक्षण गरेका थिएनन् । होल्ड भएका नमुनाको परीक्षण एकैपटक भएकाले पनि वृद्धि भएको हुन सक्छ । संक्रमण दर वृद्धि भएको यकिन गर्न अहिले नै हतार हुन्छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले डेढ करोडभन्दा बढीले कोभिडविरुद्धको खोप लगाएको बताए । उनीहरूमध्ये पहिलो डोज लगाउने ८५ लाख ६२ हजार तीन सय ६५ जना र दोस्रो अर्थात् पूर्ण खोप लगाउनेको संख्या ६४ लाख ८५ हजार नौ सय २३ छ । ३८ लाख १० हजार चार सय २२ डोज प्रयोगमा आउन बाँकी छ । चाडपर्वले रोकिएको खोप अभियान फेरि सुरु हुने मन्त्रालयले जनाएको छ ।

चीनले थप २० लाख डोज खोप दिने
चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग चीनका विदेशमन्त्री वाङ यीले सो घोषणा गरेका हुन् । केही दिनअघि मात्र चीनले १० लाख डोज खोप दिने घोषणा गरेको थियो । नेपाललाई निरन्तर खोप अनुदानमा उपलब्ध गराएकोमा तथा सहज रूपमा खरिदको प्रबन्ध गरिदिएकोमा परराष्ट्रमन्त्री खड्काले चिनियाँ समकक्षी वाङलाई धन्यवाद दिएका थिए ।

संक्रमण दर ११ प्रतिशत पुग्यो
दैनिक चार प्रतिशतमा झरेको कोरोना संक्रमण दर बढेर ११ प्रतिशत पुगेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घन्टाको तथ्यांकअनुसार संक्रमण दर वृद्धि भएको देखिएको छ । केही सातायता नेपालमा संक्रमण दर पाँच प्रतिशतभन्दा मुनि थियो । दैनिक संक्रमणदर तीन प्रतिशत पुगेपछि अवस्था सामान्य मान्न सकिने चिकित्सकहरू बताउँछन् । तर, मंगलबारको वृद्धिले फेरि सरकारलाई झस्काएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल संक्रमण दर वृद्धि भएको यकिन गर्न अहिले नै हतार हुने बताउँछन् । ‘चाडपर्वले गर्दा धेरै प्रयोगशालाले कोरोनाको परीक्षण गरेका थिएनन् । होल्ड भएका नमुनाको परीक्षण एकैपटक भएकाले पनि वृद्धि भएको हुन सक्छ,’ उनले भने । पौडेलले एक दिनको नतिजालाई आधार बनाएर धारणा राख्दा हतार हुने बताए । चाडपर्वले मानिसको आवतजावत ह्वातै बढेकाले केही दिन केस बढ्न सक्ने उनको बुझाइ छ । मंगलबार नौ हजार ९१६ जनाको पिसिआर परीक्षण गर्दा एक हजार ९६ जनामा कोरोना पुष्टि भएको छ । पौडेलले उपत्यकाका व्यस्त स्थानमा मास बेस परीक्षण सुरु गर्ने बताए । बढी भिड हुने स्थान, बसपार्क र नाकाहरूमा समुदायस्तरमै परीक्षण थालिने उनको भनाइ छ । 

 

 

ad
ad