१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
फाइल फोटो।
२०७८ कार्तिक १ सोमबार १४:४५:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

धरानमा दसैँको अवधिमा सात करोडको खसीबोकाको कारोबार

Read Time : < 1 मिनेट
२०७८ कार्तिक १ सोमबार १४:४५:००

धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको पशुहाटबाट यो वर्षको दसैँमा सात करोड रुपैयाँबराबरको खसीबोकाको कारोबार भएको छ। कोरोना महामारीका कारण धरानको पशुहाट गत असोज महिनामा मात्र खुलेको थियो।

असोजभरि सात हजार र दसैँमा मात्र तीन हजार खसीबोका बिक्री–वितरण गर्दा सात करोडको कारोबार भएको कृषि उपज बजार व्यवस्थापन समितिले जनाएको छ। 

समितिका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार दसैँअगाडिका दुई हप्तामा दुई करोडको खसीबोका कारोबार भएको थियो। दसैँको मुखमा पाँच करोड रुपैयाँको कारोबार भएको छ। उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, पाँचथर, सुनसरी, मोरङलगायत जिल्लाबाट यहाँ खसीबोका बिक्रीका लागि ल्याइन्छ । धरानमा प्रत्येक शुक्रबार हाट लाग्ने गरेको छ।