१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २१ बिहीबार १७:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दसैँलक्षित खसीबोका उपत्यका भित्रिन थाले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २१ बिहीबार १७:५६:००

काठमाडौं उपत्यकामा दसैँलक्षित खसीबोका भित्रिन थालेका छन् । कोरोना संक्रमणको जोखिम कम भएसँगै खसीबोका किन्नेको भिड बढ्न थालेको हो । कोरोना संक्रमण फैलनुअघिका वर्षझैँ पर्याप्त मात्रामा खसीबोका नआएको कारण मूल्यमा वृद्धि भएको छ । 

हिमाली जिल्लाबाट आउने च्याङ्ग्रा पर्याप्त नआए पनि खसीबोकाहरू काठमाडौंका मुख्य बजारमा आउन थालेका छन् । काठमाडौं भित्रिने पशु चौपायको स्वास्थ्य परीक्षण गरेर मात्र ल्याइने व्यवसायीले बताएका छन् ।

अघिल्ला वर्षहरूमा जिउँदो च्याङ्ग्रा ७–८ सय रुपैयाँमा पाइने अहिले १३–१४ सय रुपैयाँ मूल्य पर्न थालेको उपभोक्ताहरूले गुनासो गरेका छन् । नेपालमा आउने च्याङ्ग्रा हिमाली जिल्लाका साथै चीनको सीमावर्ती गाउँबाट पनि आउँछन् । कोरोना संक्रमणको जोखिमको कारण सीमानाका नखुल्दा च्याङ्ग्राको मूल्य बढेको छ ।

काठमाडौंमा अहिले मकवानपुर, धादिङ, गोरखा तथा रसुवाको दक्षिण भेग र नुवाकोटबाट खसीबोका आउन थालेका छन् । जिउँदा खसीबोका सरदरमा ७ सय रुपैयाँ देखि ८ सय रुपैयाँमा बिक्री भइरहेको व्यवसायीले बताएका छन् ।

काठमाडौंमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि खसीबोका बिक्री गर्दै आएको छ । कम्पनीले शुक्रबारबाट खसीबोका बिक्री गर्ने बताएको छ ।