साफ च्याम्पियनसिप : नेपाल ३-० ले पराजित

आइतबार, ३१ असोज, २०७८
डिजिटल संस्करण

साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल भारतसँग पराजित भएको छ। भारतले नेपाललाई ३-० गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो।

माल्दिभ्समा भएको खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो। खेलको ४९औँ मिनेटमा भारतका लागि सुनिल क्षेत्रीले गोल गरेका थिए। सुरेशसिंह वाङजेमले दोस्रो गोल गरे।

खेलको इन्जुरी समयमा साहल अब्दुल समदले अर्को गोल गर्दै  विजय पक्का गरे। प्रतिबन्धका कारण नेपालका प्रमुख प्रशिक्षक अब्दुल्ला अल्मुताइरी  मैदानमा उपस्थित थिएनन् ।

See More On

सुझावित समाचार