मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २६ मंगलबार
  • Saturday, 12 July, 2025
२o७८ असोज २६ मंगलबार १३:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांसदले दिए कैदीबन्दीलाई खसी उपहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २६ मंगलबार १३:५१:oo

ओखलढुंगाका प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले जेलजीवन बिताइरहेका कैदीबन्दीलाई खसी उपहार दिएका छन्। विगतमा झैँ दसैँको अवसर पारेर सांसद सुनुवारले जिल्ला कारागार ओखलढुंगामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी उपहार दिएका हुन्। 

विभिन्न घटनामा संलग्न भएर कानुनी कारबाही भोगिरहे तापनि मानवीय संवेदनालाई ख्याल गरेर उनीहरूलाई खसी हस्तान्तरण गरेको सांसद सुनुवारले बताए।  ‘कारागारमा हुने कैदीबन्दीहरू खासमा कानुनी अज्ञानता, परिबन्द, संगत, आवेश र उत्तेजनाका कारण घटेका र घटाइएका घटनामा संलग्न भएर कारबाही भोगिरहनुभएको छ,’ खसी हस्तान्तरण गर्दै सांसद सुनुवारले भने, ‘कानुनी राज्यमा कानुनभन्दा माथि कोही हुन सक्दैन। त्यसैले अपराधअनुसारको सजाय त भोगिरहनुभएकै छ। मैले पर्वको समयमा सम्झिएर सधैँझैँ यो खसी सहयोग गरेको हुँ।’ 

कारागारमा फुर्सदमा बस्दा क्षमता विकास गर्न सांसद सुनुवारले कैदीबन्दीलाई सुझाब दिए। पुस्तक पढ्ने, रेडियो सुन्ने, विभिन्न सीपमूलक काम सिक्नेजस्ता कार्य गरेर आफ्नो क्षमता बढाउन सकिने उनको भनाइ थियो।

संविधानसभाको निर्वाचनमा निर्वाचित भएयता सांसद सुनुवारले हरेक वर्ष कैदीबन्दीलाई खसी उपहार दिँदै आएका छन्। खसी उपहार दिन कारागार पुगेका सांसदलाई कैदीबन्दीले आफूले बुनेको ढाकाटोपी उपहार दिएर पठाएका छन्।