१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २५ सोमबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २५ सोमबार १५:o९:oo
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

गैरआवासीय नेपाली संघको महाधिवेशन स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २५ सोमबार १५:o९:oo

गैरआवासीय नेपाली संघको महाधिवेशन स्थगित भएको छ। अक्टोबर  २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन परराष्ट्र मन्त्रालयको पत्रका आधारमा स्थगित गर्ने निर्णय गरिएको हो। सोमबार बसेको एनआरएनको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल गरेको थियो।  

मन्त्रालयको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धितहरूसँग  परामर्श गरी यथाशीघ्र  महाधिवेशनको नयाँ मिति तोक्ने बैठकले निर्णय गरेको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर यस  विशेष परिस्थितिमाथि  छलफल गरी  थप  निर्णय गरिने प्रवक्ता डिबी क्षेत्रीले बताए। गैरआवासीय नेपाली संघको अध्यक्ष प्रत्याशी कुल आचार्य समूहले परराष्ट्र मन्त्रालयमा प्रतिनिधि छनोटमा पारदर्शिता नभएको भन्दै उजुरी गरेको थियो।