१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १४:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:३६:oo

लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ। शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको लगानी बोर्डको ४८औँ बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो।

बोर्डको बैठकपछि निर्णय सुनाउँदै लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले जुम खोलाको ५६ मेगावाट क्षमताको करिव १० अर्बको र अरुण तेस्रो जलविद्युत आयोजनाको ६२ अर्बको पुँजिवृद्धि स्वीकृत गरेको जानकारी दिए । लगानी स्वीकृत भएको जुम खोला जलविद्युत आयोजना दोलखामा पर्छ भने अरुण तेस्रो संखुवासभामा निमार्णाधीन छ।

बोर्डले माथिल्लो कर्णाली जलविद्युतको एप्से इन्सटेक्सनको सम्बन्धमा अध्ययन गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

बोर्डको बैठकले सम्राट सिमेन्ट र क्युटिवान माथिल्लो त्रिशूली वानको सेयरको स्ट्रक्चर परिवर्तनसम्बन्धी निर्णय गर्नुका साथै लगानी बोर्डको चालू वर्षको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।

ad
ad