१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २२ शुक्रबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २२ शुक्रबार १८:२९:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नेप्सिनेले सुरु गर्‍यो नेपाली गीतसंगीतको अधिकार र लेइसेन्सिङ सेवा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २२ शुक्रबार १८:२९:oo

चलचित्र, गीतसंगीत, कला तथा संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धन र बजार व्यवस्थापन गर्दै आएको कम्पनी नेप्सिनेले संगीत अधिकार व्यवस्थापन र लाइसेन्सिङ सेवाको औपचारिक सुरुवात गरेको छ। राजधानीको होटल र्‍याडिसनमा कार्यक्रम गर्दै संगीत अधिकार व्यवस्थापन र लाइसेन्सिङ सेवाको सुरुवात गरेको हो।

नेपालमै पहिलोपटक सुरुवात गरिएको यस सेवाले गीतकार, संगीतकार, निर्माता, प्रस्तोता तथा प्राविधिकहरूको हक, अधिकारको उचित व्यवस्थापनमा सहयोग गर्ने  नेप्सिनेका संंस्थापक एवं कार्यकारी प्रमुख रायन रेजले बताए। यसले नेपाली गीतसंगीतको सार्वजनिक वा व्यावसायिक प्रयोग गर्ने प्रयोगकर्तालाई कानुनी दायरामा ल्याउनसमेत महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

गीत तथा संगीतको व्यावसायिक या सार्वजनिक प्रयोग गर्दा अधिकार प्राप्त व्यक्तिको अनिवार्य रूपमा अनुमति लिएर संगीत रोयल्टी बुझाउनुपर्ने अन्तर्राष्ट्रिय नियम छ। तर, नेपाली गीतसंगीतको प्रयोगकर्ताले यो नियम पालना नगर्दा संगीत र कला उद्योग नै धराशायी हुने अवस्थामा पुगेको रेजले बताए। यही अवस्थालाई परिवर्तन गर्न र नेपाली संगीत तथा कलाकर्मीको अधिकार स्थापित गर्न संगीत लाइसेन्सिङ सेवाको सुरुवात गरिएको नेप्सिनेले जनाएको छ।

कार्यक्रममा विभिन्न विधाका १५० भन्दा बढी स्रष्टालाई सम्मान गर्दै विभिन्न देशबाट विगत तीन महिनामा संकलन गरिएको उनीहरूको रोयल्टी पनि वितरण गरिएको छ। रोयल्टी प्राप्त गर्ने स्रष्टाहरूमा अग्रज रञ्जित गजमेर, कुसुम गजमेर, शम्भुजित बासकोटा, तुलसी घिमिरे, राजेन्द्र थापा, विप्लव प्रतीकदेखि नयाँ पुस्ताका गायक संगीतकारहरू रहेका छन् ।

नेपाली कला तथा संगीत क्षेत्रमा  रहेको अधिकार र रोयल्टीको समस्यालाई सम्बोधन गर्दै निजी कम्पनीले स्रष्टाका रोयल्टी संकलन गरेर वितरण गरेको यो पहिलोपटक हो । 

के हो नेप्सिने ?
नेप्सिने विगत एक दशकदेखि अन्तर्राष्ट्रियस्तरमा नेपाली गीतसंगीत तथा चलचित्रको प्रवर्धन र बजार व्यवस्थापन गर्दै आएको कम्पनी हो । यस सेवाको थालनीसँगै अब यो कम्पनीले नेपाली गीतसंगीतमा रहेको अधिकार धनीको प्रतिलिपि अधिकार व्यवस्थापन गर्नेछ र त्यस्ता अधिकारको सार्वजनिक वा व्यवसायिक प्रयोग गर्न कानुनी अनुमति प्रदान गर्नेछ।