मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २१ बिहीबार
  • Thursday, 10 July, 2025
नयाँ पत्रिका कपिलवस्तु
२o७८ असोज २१ बिहीबार २१:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गोली प्रहार गरी ८ लाख लुटेर दुईजना फरार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कपिलवस्तु
नयाँ पत्रिका
२o७८ असोज २१ बिहीबार २१:११:oo

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर १० स्थित गोरुसिंगे जंगलमा गोली प्रहार गरी ८ लाख नगद लुटपाट गरेर अज्ञात व्यक्तिहरू फरार भएका छन् । तौलिहवा गोरुसिंगे सडकअन्तर्गत तिलौराकोट साझेदारी वनको अफिसभन्दा केही पर मोटरसाइलमा आएका दुईजनाले कारमा सवार एकजना माथि गोली प्रहार गरी निजको नगद लुटेर भागेका हुन् ।

बिहीबार दिउँसो ३ बजेतिर प्र ३ ०१ २३ च ८०८९ नम्बरको कारमा सवार मायादेवी गाउँपालिका– ४ चाकरचौडाका रामरक्षा जैसवालमाथि गोली प्रहार गरी लुटेरहरू भागेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताएका छन् ।