१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o८१ बैशाख २२ शनिबार o६:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा प्रदेश २ का आठ जिल्लामा मसाल जुलुस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:४५:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले प्रदेशका आठवटै जिल्लामा मसाल जुलुस प्रदर्शन गरेको छ । पूर्वघोषित कार्यक्रमअनुसार जसपाले प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, रौतहट, बारा र पर्सामा शनिबार साँझ मसाल जुलुस प्रदर्शन गरेको हो । 

जसपा धनुषाले रेल्वे स्टेसन चोकदेखि जनक चोकसम्म मसाल जुलुस निकाल्दै अख्तियारको कार्यको विरोध जनाएको छ । जसपा नेता तथा भूमि व्यवस्था कृषि तथा राज्यमन्त्री योगेन्द्र यादवले प्रदेश सरकार सर्वोच्च कार्यकारी निकाय मुख्यमन्त्री कार्यालयमा विनाजानकारी र समन्वयविना अख्तियारले छापामार शैलीमा छापा मारेको भन्दै त्यसको विरोध गरेको बताए ।

ad
ad