१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

व्याँसको नीतिकुण्डमा प्रहरीको नयाँ भवन निर्माणको तयारी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२८:oo

व्याँसको नीतिकुण्डमा नेपाल प्रहरीको नयाँ भवन निर्माणको तयारी थालिएको छ । निर्माण सम्झौता भएको पाँच महिनापछि भवन निर्माणको लागि निर्माण व्यवसायीले तयारी थालिएको हो।

सीमामा  बाह्रै महिना बस्दै आएका नेपाल प्रहरीको लागि पहिलो पटक सुविधासम्पन्न भवन निर्माण गरिन लागेको हो । यसअघि पूरानो जीर्ण भवनमा बस्दै आएका प्रहरीको लागि दुई तला र ११ कोठे भवन निर्माण हुन लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले बताए ।

भवन निर्माणको लागि कुल २ करोड २ लाख ८५ हजार ५१९ रुपैयाँ लागतमा एलबी एण्ड एबी प्रालि धनगढीसँग गत वैशाख ७ गते ठेक्का सम्झौता भएको छ । दुई वर्षभित्रै भवन निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको छ । भवन निर्माण २०८० वैशाख ६ गते सक्नुपर्ने छ । भवन निर्माण गर्न सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बजेट विनियोजन गरेको हो ।

भवनमा काठको प्रयोग बढि हुने छ । छाङ्गरुमा चिसो हुने भएको कारण न्यानो हुने गरी भवन निर्माण गरिन लागेको डिएसपी भट्टले बताए । अहिले बाटो नहुँदा निर्माण व्यवसायीले काम सुरु गर्न सकेको छैन् । केही दिनभित्रै भवन निर्माणको शिलान्यासको तयारी गरिएको छ ।

भवन निर्माणस्थलको निरीक्षण, नक्साङ्नको काम सकिएपछि शिलान्यास गर्दै काममा तिव्रता दिने तयारी भएको डिएसपी भट्ट बताउँछन् । निर्माण व्यवसायीले सामग्री फिल्डमा तयारी अवस्थामा राखेको छ । हिउँ पर्नुभन्दा अघि नै भवनको जग उठाउने गरी काम गर्न निर्माण व्यवसायी पनि इच्छुक रहेको डिएसपी भट्टले बताए ।

अहिले नेपाल प्रहरी सीतापूलमा भवन नहुँदा छाङ्गरुको नीति कुण्डमा बसेको छ । अहिलेकै पूरानो भवनलाई भत्काएर नयाँ सुविधासम्पन्न भवन निर्माण गर्न लागिएको हो । नेपाल प्रहरीले नीतिकुण्ड बसेर सीतापूलमा ड्युटी गर्छ । सितापूलमा २०२७ सालदेखि प्रहरी चौकी स्थापना गरिएको हो । 

ad
ad