१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १३:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङका दुई पालिकामा स्थानीय पाठ्यक्रम लागू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:४४:oo

लमजुङका आठमध्ये दुई पालिकाले स्थानीय पाठ्यक्रम लागू गरेका छन्। जिल्लाको मध्यनेपाल नगरपालिका र मर्स्याङ्दी गाउँपालिकाले एकदेखि पाँच कक्षासम्मका लागि स्थानीय पाठ्यक्रम लागू गरेका हुन्।

मध्यनेपाल नगरपालिकाका शिक्षा शाखा प्रमुख श्रीप्रसाद भट्टराईले स्थानीय पाठ्यक्रममा स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोतसाधन तथा स्थानीय परिवेशअनुकूलका विषयलाई समावेश गरिएको बताए। उनले भने, ‘पाठ्यक्रममा पालिकाभित्रका ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, वनजंगल, जडीबुटी, कृषि तथा अन्य विविधता समेटिएको छ।’ सरोकारवालाको सुझाबका आधारमा पाठ्यक्रममा उत्पादन र जीविकोपार्जनका विषयलाई मुख्य प्राथमिकता दिइएको उनको भनाइ छ।

स्थानीय स्रोतसाधनको परिचालन, जीविकोपार्जनको सम्भावना तथा धर्म संस्कृतिको प्रवर्द्धन, सामाजिक र राजनीतिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिका चिनारीका विषयवस्तु समावेश गरिएको नगरपालिकाले जनाएको छ।

यस्तै, जिल्लाको मर्स्याङ्दी गाउँपालिकाले पनि चालू आर्थिक वर्षको शैक्षिक सत्रदेखी स्थानीय पाठ्यक्रम लागू गरेको शिक्षा शाखा प्रमुख देवराज पौडेलले जानकारी दिए। उनका अनुसार स्थानीय पाठ्यक्रममा गाउँपालिकाको रहनसहन, वेशभूषा, ऐतिहासिक, पर्यटकीय स्थल, संस्कृति, विशिष्ट व्यक्तित्वको चिनारी समावेश गरिएको छ।

ad
ad