Skip This
राष्ट्रसंघीय महासभामा नेपाल : विश्वमा सिर्जित विषमपूर्ण परिस्थितिलाई पराजित गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प छैन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १२:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रसंघीय महासभामा नेपाल : विश्वमा सिर्जित विषमपूर्ण परिस्थितिलाई पराजित गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १२:o९:oo

नेपालले महामारी, आतंकवाद, द्वन्द्व र प्राकृतिक विपत्तिलगायतले समकालीन विश्वमा सिर्जना गरेको विषमपूर्ण परिस्थितिलाई पराजित गर्न लोकतन्त्र र बहुपक्षवादको विकल्प नभएको अभिमत प्रकट गरेको छ । संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा नेपालका तर्फबाट  परराष्ट्रमन्त्री डा. नारायण खड्काले जातीय बहुलसमाजहरूमा द्वन्द्वका जोखिम एवं तनाव अन्त्य गर्ने उत्तम औषधि लोकतन्त्र र बहुपक्षवाद भएका धारणा राखेका हुन्।

अतिकम आय भएका देशहरूमा खोप असमानताको गहिरो प्रतिकूल सामाजिक–आर्थिक प्रभाव परेको, खोपलाई जनताको जीवनको हितका लागि सार्वजनिक सामग्रीका रूपमा घोषणा गरिनुपर्नेमा जोड दिँदै परराष्ट्रमन्त्रीले संकटको समयमा आशालाई पुनर्जागृत गर्न जरुरी भएको बताए। उनले भने, ‘कोभिड– १९ बाट उत्पन्न चुनौतीलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायसहित संयुक्त राष्ट्रसंघीय प्रणालीलगायत सबैलाई, सबै ठाउँमा खोपको न्यायोचित पहुँच सुनिश्चित गर्न भएका प्रयासहरूको नेपाल सराहना गर्दछ।’

मानव जीवन पहिलो प्राथमिकता हुनुपर्ने, कोभिड– १९ खोप प्राप्ति र पहुँचका बाधा र चुनौतीलाई चिर्दै नेपालले आफ्नो कुल जनसंख्याको झन्डै २० प्रतिशतमा खोप लगाउन सफल भएको जानकारी दिँदै उनले आतंकवादका सबै रूप र प्रकटीकरणको निन्दा गरे। उनले समयबद्ध ढंगले आमविनाशका सबै हतियारको पूर्ण निःशस्त्रीकरणको आह्वानसमेत गरेका छन्। रासस

ad
ad