१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
फाइल फोटो।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १५:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दसैँअघि सबै जिल्लामा पालिका अधिवेशन भइसक्छ : नेता लेखक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:३४:oo

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले दसैँअगाडि ७७ वटै जिल्लाको वडा र पालिका अधिवेशन सम्पन्न हुने बताएका छन्। राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै लेखकले यस्तो दाबी गरेका हुन्।

कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान कार्यदलका सदस्यसमेत रहेका लेखकले क्रियाशील सदस्यता टुंगो लाग्न बाँकी आठ जिल्लाको विवाद छिट्टै टुंगो लाग्ने र दसैँअगाडि यी जिल्लामा समेत वडा र पालिका अधिवेशन सकिसक्ने बताए। 

‘६९ जिल्लामा वडा अधिवेशन सकिएर पालिका अधिवेशन भइरहेको छ । क्रियाशील टुंगो लाग्न बाँकी आठ जिल्लाको टुंगो छिट्टै लाग्छ,’ उनले भने, ‘कार्यसम्पादन हुन बाँकी केही काम भएकाले मात्र विवरण सार्वजनिक नभएको हो। केही काम पूरा भएपछि विवरण सार्वजनिक हुन्छ। दसैँअघि सबै जिल्लामा पालिका तहको अधिवेशन सम्पन्न भइसक्छ।’

त्यस्तै उनले २१ हिमाली जिल्लाामा भने पार्टीको निर्णयअनुसार दसैँअघि जिल्लासम्मको अधिवेशन सम्पन्न भइसक्ने जानकारी दिए।

अर्को प्रसंगमा उनले गठबन्धन सरकार भएकाले राजनीतिक र कानुनी कारणले सरकार विस्तारमा ढिलाइ भएको बताए। ‘विशेष राजनीतिक कारणले सरकार बन्यो। बाध्यताले कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने अवस्था आयो,’ लेखकले भने, ‘राजनीतिक र कानुनी अप्ठ्याराले सरकार विस्तारमा ढिलाइ भएको छ। यसले सरकार आलोचनाको सिकार बन्नुपरेको छ। अप्ठ्यारालाई समाधान गरेर सरकार विस्तार हुन्छ।’

ad
ad