१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o६:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अशोक लेलैन्ड गाडीमा दसैँ–तिहार अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o६:o५:oo

अशोक लेलैन्ड गाडीको नेपालका लागि आधिकारिक विक्रेता आइएमई मोटर्सले दसैँ–तिहारलाई लक्षित प्रवद्र्धनात्मक योजना ल्याएको छ । कम्पनीले ‘दसैँ–तिहारको बहार पक्का उपहार’ नाराका साथ कुनै पनि अशोक लेलैन्डको गाडी खरिदमा छानीछानी उपहार पाउने योजना ल्याएको हो । 

ग्राहकको मागअनुसार नै योजना ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताए । योजनाअनुसार ग्राहकले अशोक लेलैन्डको दोस्त, बस साथै ट्रक टिप्परको कुनै पनि मोडलको गाडी खरिद गर्दा आफ्नो इच्छाअनुसार छानीछानी उपहार लिन सक्ने कम्पनीले जनाएको छ । 

अफरअन्तर्गत अशोक लेलैन्डको दोस्त गाडीको खरिदमा १५ ग्राम सुन अथवा स्मार्ट फोन साथै थप क्यास डिस्काउन्ट अथवा स्मार्ट टिभीका साथै क्यास डिस्काउन्ट पाउन सक्ने जनाइएको छ । प्रत्येक आइसिभी हउलेज, एमसिभी टिप्पर वा बस खरिदमा ३० ग्राम सुन अथवा आइफोन १२ प्रो–म्याक्स अथवा टिभिएस एनटर्क स्कुटर पाउने कम्पनीले जनाएको छ । 

आइसिभी हउलेज, एमसिभी टिप्पर वा बसमध्ये एकैपटक दुईभन्दा बढी गाडीको खरिदमा ६० ग्राम सुन अथवा एप्पल म्याक बुक प्रोका साथसाथै आइफोन १२ प्रो म्याक्स अथवा रोयल इन्फिल्ड ३५० सिसी बुलेट बाइक पाउन सक्ने जनाइएको छ । कुनै पनि एचसिभी साथै आइसिभी टिप्पर खरिदमा ३० ग्राम सुन अथवा आइफोन १२ म्याक्स प्रो म्याक्स अथवा टिभिएस एनटर्क स्कुटर पाउन सक्ने कम्पनीले जनाएको छ ।

दुईवटा एचसिभी र आइसिभी टिप्परको खरिदमा ६० ग्राम सुन अथवा एप्पल म्याक बुक प्रो र आइफोन १२ प्रो म्याक्स अथवा रोयल इन्फिल्ड ३५० सिसी बुलेट बाइक पाउने जनाइएको छ ।  योजनाअन्तर्गत बम्परमा तीनजना भाग्यशाली जोडीलाई पाँच रात ६ दिने युरोप टुरको व्यवस्था गरिएको योजना मंसिर ३० गतेसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।

ad
ad