Skip This
पौडेल समूहको असन्तुष्टि- छलफल नगरी खड्कालाई मन्त्री बनाइयो 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १५:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पौडेल समूहको असन्तुष्टि- छलफल नगरी खड्कालाई मन्त्री बनाइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १५:४८:oo

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पछिल्लो मन्त्रिपरिषद् विस्तारलाई लिएर असन्तुष्टि व्यक्त गरेको छ। बुधबार महामन्त्री शशांक कोइरालानिवास महाराजगन्जमा बसेको इतर पक्षको बैठकमा नेताहरूले असन्तुष्टि व्यक्त गरेका हुन्।

‘त्यतिवेला पनि कुनै छलफल भएन। यसपटक पनि शेरबहादुरजीले हामीसँग छलफल गर्नुभएन। यसले पार्टी कमजोर भएर जान्छ भन्ने विषयमा छलफल भयो,’ सुजाता कोइरालाले भनिन्। पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल नगरी  डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएपछि पौडेल समूह असन्तुष्ट बनेको हो।  

कोइरालाले इतर पक्षले मन्त्रीको नाम नपठाएको प्रसंगसमेत उठेको उनले जानकारी दिइन्। ‘शेरबहादुरजीले वरिष्ठ नेता रामचन्द्र पौडेल र  र शशांक कोइरालालाई एक–एकजनाको नाम पठाउनु भन्नुभएको हो। हामीले पनि छिटो नाम पठाउनुपर्‍यो भन्ने विषय बैठकमा उठ्यो।
 

ad
ad