मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज ४ सोमबार
  • Thursday, 10 July, 2025
एजेन्सी मुम्बई
२o७८ असोज ४ सोमबार १४:३७:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

हिन्दू मान्यताको अपमान गरेको भन्दै भारतमा ‘रावणलीला’ र प्रतीक गान्धीको विरोध

Read Time : < 1 मिनेट
एजेन्सी मुम्बई
२o७८ असोज ४ सोमबार १४:३७:oo

वेब सिरिज ‘स्क्याम १९९२’ बाट स्थापित बलिउड अभिनेता प्रतीक गान्धीको नयाँ फिल्मलाई लिएर विवाद बढेको छ। फिल्मको नाम र प्रयोग भएका संवादलाई लिएर विवाद बढेको हो।

‘रावणलीला’ नाम राख्दा विवाद बढेपछि निर्माण पक्षले फिल्मको नाम परिवर्तन गरी ‘भवई’ राखेको छ। नाम परिवर्तन गरे पनि फिल्मको ट्रेलर सार्वजनिक भएसँगै त्यसमा प्रयोग भएका संवादलाई लिएर सामाजिक सञ्जालमा विरोध भइरहेको छ।

फिल्मले रामको अपमान गरी रावणको महिमा गाएको र यसले हिन्दूहरूको धार्मिक भावनामा आघात पुर्‍याएको विरोधीहरूको तर्क छ। उनीहरूले फिल्मको ट्रेलरमा रावणको कर्मलाई सही ठहर गरी हिन्दू मान्यताको अपमान गरेको देखाइएकाे बताएका छन्। बलिउडले लगातार हिन्दू धर्मलाई गलत साबित गर्न लागिरहेको विरोधीहरूले दाबी गरेका छन्।

सामाजिक सञ्जालमा ‘अरेस्ट प्रतीक गान्धी’, ‘ब्यान रावणलीला’जस्ता ह्यासट्यागसहित फिल्म र कलाकारको विरोध भइरहेको छ। गुजरातको पृष्ठभूमिमा आधारित फिल्ममा रामलीला मञ्चन गरिने गाउँको कथा देखाइएको छ। फिल्मको ट्रेलरमा प्रतीकले रामलीलामा रावणको भूमिका निभाएका देख्न सकिन्छ, जहाँ रावणलाई सीतासँग प्रेम हुन्छ।

भारतमा यसअघि पनि सञ्जयलीला भन्सालीको चलचित्रलाई लिएर निकै विवाद भएको थियो। विवादका कारण उनले रामलीला फिल्मको नाम परिवर्तन गरेर रासलीला–रामलीला तथा पद्मावती फिल्मको नाम पद्मावत राखेका थिए। बिबिसी हिन्दीबाट