Skip This
एमालेको अवरोधबीच प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल जारी 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार ११:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमालेको अवरोधबीच प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि छलफल जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:३५:oo

नेकपा (एमाले)को अवरोधबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठकमा एमाले सांसदहरूको अवरोधकै बीच सभामुख अग्नि सापकोटाले बैठक अगाडि बढाएका छन्। 

नवौँ अधिवेशनको छैटाैँ बैठक सुरु हुनासाथ एमाले सांसदहरू नाराबाजीमा उत्रिएका छन्। एमाले सांसदहरू सभामुखको भूमिकालाई लिएर नाराबाजी गरिरहेका छन्। आजका लागि विनियोजन विधेयकमाथि छलफल र जवाफको कार्यसूची रहेको छ। 

कार्यसूचीअनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०७८’ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस्’ भनी खर्च कटौतीका प्रस्तावहरू प्रस्तुत गरिरहेका छन्।

ad
ad