१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १९:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संविधानलाई सर्वस्वीकार्य बनाई आर्थिक समृद्धिमा अग्रसर हुनुपर्छ : कानुनमन्त्री कार्की (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १९:१९:oo

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानलाई सर्वस्वीकार्य बनाई आर्थिक समृद्धिमा अग्रसर हुनुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा कार्कीले संविधान गतिशील दस्ताबेज भएको उल्लेख गर्दै संविधानलाई समयानुकूल परिमार्जन गर्दै राजनीतिक स्थिरता र आर्थिक समृद्धिको निम्ति अग्रसर हुनुपर्ने बताएका हुन् । 

उनले आगामी पुस्तालाई समृद्धिको यात्रामा अघि बढाउन सबैको इमानदार प्रयत्न हुनुपर्ने बताए । उनले भने, ‘संविधान गतिशील, जीवन्त दस्ताबेज हो । यसमा समयानुकूल परिवर्तनहरू हुँदै जान्छन् र नेपाली जनताका भावना, आकांक्षाहरूलाई संविधानमा परिलक्षित गर्दै यो संविधानलाई समयानुकूल परिवर्तन गरेर अब स्थिरता र आर्थिक समृद्धिका निमित्त हामी अग्रसर हुनु आजको हाम्रो दायित्व र कर्तव्य पनि हो ।’

सरकारका प्रवक्तासमेत रहेका कार्कीले संसदमा गतिरोध उत्पन्न भएका कारण सरकारले महत्वपूर्ण अध्यादेशहरू जारी गर्न नसकेको बताए । उनले आगामी दिनमा संसद्को गतिरोध अन्त्य गरेर नयाँ कानुनहरू निर्माण गर्ने दिशामा संसद् अग्रसर हुने विश्वास पनि व्यक्त गरे ।

ad
ad