Skip This
बहुपति प्रथाको कथा  ‘टुल्की’को टिजर सार्वजनिक
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ ३१ बिहीबार
  • Tuesday, 16 September, 2025
२o७८ भदौ ३१ बिहीबार o६:५२:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

बहुपति प्रथाको कथा  ‘टुल्की’को टिजर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ ३१ बिहीबार o६:५२:oo

हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको चलचित्र ‘टुल्की’को ‘फस्ट लुक’ तथा ‘टिजर’ सार्वजनिक गरिएको छ । ‘द पाल्म ग्रुपद्वारा’ निर्माण गरिएको बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’को ‘टिजर’ बुधबार काठमाडौंमा सार्वजनिक गरिएको हो । 

चलचित्र निर्माता शेखर लामाका अनुसार चलचित्रले उच्च हिमाली भेगमा प्रचलनमा रहेको बहुपति प्रथाको कथालाई उजागर गरेको छ । ‘टुल्की’ले डोल्पाको तल्लो भेगमा रहेको ब्राह्मण बस्तीमा हुर्किएकी चेली र माथिल्लो डोल्लाको शेर्पा समुदायमा हुर्केका केटाबीचको प्रेम सम्बन्धलाई समेटेको छ । ‘प्रेमविवाह गरेर केटी माथिल्लो डोल्पा पुग्छिन्, संस्कारका नाममा घरका सबै भाइको जबर्जस्ती यौनप्यास मेटाउने माध्यम बन्छिन्, त्यसपछि ‘टुल्की’ले बदलाको भावना लिँदै आफूसहित सबै घरपरिवारको हत्याको बाटो रोज्छिन् । यसरी कथा अघि बढ्छ,’ निर्माता लामाले भने ।

चलचित्रमा फरक संस्कारमा हुर्केकी ‘टुल्की’को जीवनमा संस्कारका नाममा आइपरेको सामूहिक यौनशोषणको कहालीलाग्दो घटनालाई विशेष रूपमा प्रस्तुत गरिएको उनले बताए । बहुपति प्रथामा घरका कुनै एक भाइले बिहे गरेपछि अन्य कुनै पनि भाइले बिहे गर्नुपर्दैन भने तिनै महिलाबाट सबै भाइले सामूहिक सन्तान जन्माउने र घर गृहस्थी चलाइन्छ ।
यो चलचित्र निर्माणका लागि झन्डै चार वर्ष अनुसन्धान गर्नुपरेको र निर्माणमा करिब एक करोड रुपैयाँ खर्चेको निर्माण पक्षले जनाएको छ ।

नेपालमा अहिलेसम्म बनेका सबै चलचित्रभन्दा भिन्दै र फरक सन्देशमूलक रहेको निर्माण पक्षको दाबी छ । चलचित्रको निर्देशन तथा छायांकन देवजंग थापाले गरेका छन् भने वरिष्ठ कलाकार शिशिर वाङ्देल, स्वस्तिमा कार्की, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, सोफिया लिम्बू, दीर्घ लामा, रत्नप्रसाद न्यौपाने, हिमाली न्यौपाने, भक्तसिंह कठायतलगायतका कलाकारको अभिनय रहेको छ ।