१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २९ मंगलबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २९ मंगलबार १५:१४:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एकदिवसीय वरीयतामा नेपालको सुधार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २९ मंगलबार १५:१४:oo

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एकदिवसीय वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ। आइसिसीले मंगलबार जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १५औँ स्थानमा उक्लिएको छ। यसअघि नेपाल १६औँ स्थानमा थियो । 

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत हिजो भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेपछि नेपालको वरीयतामा सुधार आएको हो। ओमान भ्रमणमा रहेको नेपालले अमेरिकासँग खेल्नुअघि पपुवान्युगिनीविरुद्धको दुई खेलको एकदिवसीय सिरिजसमेत जितेको थियो।

एकदिवसीय वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने इंग्ल्यान्ड दोस्रो स्थानमा रहेको छ। यसैगरी अस्ट्रेलिया तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा रहेका छन्।