मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ७ आइतबार
  • Sunday, 24 October, 2021
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ २९ मंगलबार १३:२९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको अवरोधबीच विनियोजन विधेयक स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ २९ मंगलबार १३:२९:००

प्रतिनिधिसभामा छलफलका लागि प्रस्तुत विनियोजन विधेयक २०७८ स्वीकृत भएको छ। अर्थमन्त्री जनार्दन शर्माले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए।

एमाले सांसदहरूको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक अघि बढाएका थिए। 

आजको बैठकले पूर्वराष्ट्रिय सभा सदस्य रुक्मशमशेर जबरा र संविधानसभा सदस्य मानबहादुर महतोको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

प्रतिनिधिसभाको अर्को बैठक असोज ४ गतेका लागि बोलाइएको छ।