Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ भदौ २९ मंगलबार ०८:०७:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

६ कात्तिकमा मिस लिटिल नेवाः 

Read Time : < 1 मिनेट
२०७८ भदौ २९ मंगलबार ०८:०७:००

नेप्लिज फेसन होमले यस वर्ष पनि मिस लिटिल नेवाः आयोजना गर्ने भएको छ । नेवार समुदायका किशोरीहरूलाई आफ्नो  धर्म, कला, संस्कृति र संस्कारबारे ज्ञान दिने उद्देश्यले फेसन होमले हरेक वर्ष यस्तो प्रतियोगिता आयोजना गर्दै आएको थियो । तर, कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको थियो । नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरका अनुसार मिस लिटिल नेवाः यस वर्ष ६ कात्तिकमा हुनेछ । १३औँ संस्करणको यो प्रतियोगितामा भक्तपुर र काठमाडौंका विभिन्न २० स्कुलबाट २५ जना किशोरी स्पर्धामा उत्रँदै छन् । 

प्रतियोगितामा सहभागी किशोरीहरूलाई सुरुदेखि नै नेवारी कला, संस्कृति, धर्म र संस्कारबारे जानकारी दिने कार्यक्रम आयोजकले जनाएको छ । जसअनुसार गणेश चौथीका दिन प्रतियोगितामा सामेल किशोरीहरूलाई जनबहालस्थित सेतो मछिन्द्रनाथ मन्दिरमा लगी पूजाआजा गराइएको छ । त्यस अवसरमा प्रतियोगी नेवार किशोरीहरूले विश्व शान्ति तथा कोरोनाबाट छुटकाराको कामना गर्दै पूजाआजा गरेका थिए । वडा नम्बर २५ का अध्यक्ष निलकाजी शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विज्ञहरूले सेतो मच्छिन्द्रनाथको महिमा र ऐतिहासिकताबारे जानकारी गराएका थिए । प्रतियोगीहरूलाई लाखबत्ती बाल्न पनि सिकाइएको थियो ।

त्यसैगरी प्रतियोगी किशोरीहरूलाई आइतबार महाँकाल मन्दिरमा समयबाजी डो बनाउन सिकाएर चढाउन लगाइएको छ । सो अवसरमा समयबाजी डोको महत्वबारे बुझाइएको थियो ।