
अमेरिकी अनुदान सहयोग एमसिसीको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा विरोध सभा गरेको छ। पार्टी केन्द्रीय समितिले महासचिव नेत्रविक्रम चन्द (विप्लव)को उपस्थितिमा काठमाडौंको खुला मञ्चमा प्रदर्शन र विरोध सभा गरेको हो।