Skip This
आलमको मुद्दा हेर्न नमिल्नेमा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १२:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आलमको मुद्दा हेर्न नमिल्नेमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १२:o८:oo

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दा हेर्न नमिल्नेमा राखेको छ। शुक्रबार न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुँयालको संयुक्त इजलासमा सुनुवाइ तोकिएकोमा हेर्न नमिल्नेमा राखिएको हो।

आलमलाई ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ। उनीमाथि विस्फाेटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेतमा मुद्दा चलिरहेको छ।

आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो। त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका हुन्। यसअघि २९ साउनमा पनि आलमको मुद्दा हेर्न नमिल्नेमा राखिएको थियो।

ad
ad