मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २४ बिहीबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २४ बिहीबार o९:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २४ बिहीबार o९:५६:oo

मनसुनी वायुको प्रभावले आज देशभर सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टाको चेतावनी तथा परामर्श जारी गर्दै देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहेर खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।


आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९.६ डिग्री र अधिकतम तापक्रम २९.७ डिग्री सेल्सियस रहने अनुमान गरिएको छ।

यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५.५ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियस रहनेछ।