मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २३ बुधबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २३ बुधबार १७:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रकृति अधिकारीद्वारा लिखित राणाकालीन शिक्षा सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २३ बुधबार १७:५८:oo

शिक्षा पत्रकार प्रकृति अधिकारीद्वारा लिखित नेपालको ‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बुधबार शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीमा पुस्तक सार्वजनिक गरिएको हो ।

शिक्षासचिव रामप्रसाद थपलिया, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मा र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले संयुक्त  रूपमा पुस्तक सार्वजनिक गरे । 

पुस्तकभित्र १०४ वर्षे राणाकालीन शिक्षाको अवस्थालाई उजागर गरिएको छ । राणाकालमा झांगिएको शिक्षाको विकासक्रममा आधारित पुस्तक खोजमूलक तथा ऐतिहासिक सामग्रीसहित संग्रहित छ । 

पुरानो शिक्षाको बारेमा हालसम्म बाहिर नआएका तथ्यहरूको मिश्रणले पुस्तक खँदिलो बनेको छ । यसबाट नेपालको शैक्षिक इतिहासमा नयाँ तथ्य उजागर हुने लेखक अधिकारीले बताए । लेखक अधिकारी विगत २५ वर्षदेखि शिक्षा पत्रकारितामा सक्रिय छन् । शिक्षा र इतिहासमा रुचि राख्ने अधिकारीले यसअघि ‘एसएलसीको इतिहास’ नामक पुस्तक लेखिसकेका छन् । 

उनको नयाँ पुस्तक राणाकालीन शिक्षा इडियू सञ्जालले प्रकाशन गरेको हो । पुस्तकमा निरंकुश शासकले शिक्षालाई कसरी भित्र्याए र उच्च शिक्षासम्म जनताको पहुँचमा किन र कसरी पु्र्याए भन्ने बेलिविस्तार गरिएको छ । 

पुस्तकमा दरबार हाइस्कुलका शिक्षक र उनको खान्की, भाषा पाठशाला स्थापना भएका स्थान र नियुक्त शिक्षकहरूको फेहरिस्त, एसएलसी बोर्डका पहिलो परीक्षा नियन्त्रकको नियुक्ति, एसएलसी परीक्षामा सम्मिलित हुन आवेदन फाराम भरेकी पहिलो छात्रा, पाठ्यपुस्तकसम्बन्धी गरिएको व्यवस्था, चन्द्रशमशेरको निधनपछि उनको दराजबाट झिकिएको लिखतजस्ता महत्वपूर्ण विषय अटेका छन् । चार सय ४४ पृष्ठ रहेको पुस्तकको मूल्य पाँच सय ५० रुपैयाँ तोकिएको छ ।