१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २० बिहीबार o८:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मोरङ जिल्ला अदालत परिसरमा कार दुर्घटना हुँदा महिलाको मृत्यु  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:१४:oo

जिल्ला अदालत मोरङ परिसरभित्र कार दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ । अदालतका ५ नम्बर न्यायधीश ईश्वर पराजुली चढ्दै आएको  बा.१४च ६०१६ नम्बरको कार  मंगलबार दिउँसो साढे ४ बजे अचानक अदालतभित्रै  दुर्घटना हुँदा परिसरभित्र क्यान्टिन  सञ्चालन  गर्ने महालक्ष्मी नगरपालिका– १ धनकुटा स्थायी घर भएकी  ४२ वर्षीया लक्ष्मी दहालको मृत्यु भएको हो ।   

प्रत्यक्षदर्शीका अनुसार न्यायाधीश पराजुली चढ्ने उक्त कार  पिएसओ नेपाल प्रहरीका हवल्दार  बिन्दकुमार सिंहले चलाउँदा कार अदालत परिसरमा रहेको क्यान्टिनभित्र छिरेर महिलालाई ठक्कर दिएको थियो । अचानक क्यान्टिनभित्र छिरेको कारको ठक्करबाट घाइते भएकी महिलाको उपचारका लागि अस्पताल लगिए पनि उनको तुरुन्तै मृत्यु भएको थियो ।  

मोरङ प्रहरी पवक्ता डिएसपी  दीपक श्रेष्ठले पिएसओलाई  नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको बताए । 
 

ad
ad