१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २० आइतबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २० आइतबार २१:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विभाजनलाई बल पुग्ने कुनै सनाखतमा भाग नलिन एमाले महासचिवको आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २० आइतबार २१:४२:oo

एमाले महासचिव ईश्वर पोखरेलले विभाजनमा बल पुग्ने कुनै पनि सनाखतमा भाग नलिन आह्वान गरेका छन् । पोखरेलले आइतबार अबेर प्रेस वक्तव्य जारी गरेर एमालेको घोषणापत्रको आधारमा निर्वाचित जनप्रतिनिधिहरूलाई फुट र विभाजनको विपक्षमा उभिन, अन्य पार्टीको उक्साहटमा नलाग्न आह्वान गरेका हुन् ।

एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादी रोज्न निर्वाचन आयोगले दिएको समय नजिकिँदै गर्दा पोखरेलले प्रेस वक्तव्यमार्फत पार्टी नछाड्न आह्वान गरेका हुन् । 
एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने क्रम जारी रहेको छ । सुदूरपश्चिम र प्रदेश २ सभामा एमालेभन्दा एकीकृत समाजवादी ठूलो पार्टी बनेको छ । 

एमालेको आन्तरिक मामिलामा आँखा नलगाउन अन्य राजनीतिक दलहरूलाई पोखरेलले चेतावनीसमेत दिएका छन् ।