१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १९ शनिबार १५:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालप्रति ओलीको कटाक्ष – यति सारो लाजसरम पचेको मान्छे जिन्दगीमा देखेको थिइनँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १९ शनिबार १५:५६:००

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले आफ्नो पार्टीको बदनाम र चरित्रहत्या गरेको आरोप लगाएका छन्। एमालेको काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले नेपालले एमालेलाई कमजोर बनाउने जिम्मा लिएर काम गरिरहेका बताएका हुन् ।

‘माधव नेपालले प्रतिवेदन भनेर कुन्नी के निकाल्या छ अहिले । उनको जिम्मा नै के हो भने एमालेलाई बदनाम गर्नु, एमालेलाई कमजोर पार्नु, एमालेको चरित्रहत्या गर्नु, एमालेप्रति जनतामा वितृष्णा पैदा गर्न खोज्नु,’ ओलीले भने।

वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने माधव नेपालले प्रतिक्रान्ति रोकेँ भन्न नमिल्ने ओलीले बताए । उनले आफूले जिन्दगीमा नेपालजस्तो लाजसरम पचेको मानिस कहिल्यै नदेखेको भन्दै कटाक्षसमेत गरे।

‘किन यति सारो कम्युनिस्टविरोधी भए उनी ? कम्युनिस्ट भनेको सुन्नै नहुने किन भए उनी ? समाजवादी ! अहिले त 'एस' पार्टी अरे ! कांग्रेसको 'एस' पार्टी । वामपन्थी सरकार ढाल्ने, विरोधीको सरकार बनाउने । प्रतिक्रान्ति रोकेँ भन्ने। दक्षिणपन्थी सरकार बनाउने अनि क्रान्तिका कुरा गर्ने ? यति सारो लाजसरम पचेको माधव नेपालजस्तो मान्छे जिन्दगीमा कहीँ पनि देखेको थिइनँ ।’

यसअघि उनी बिरामी रहेको खबर सार्वजनिक भएको थियो । सामान्य ज्वरो मात्र आए पनि हल्लाखल्ला धेरै भएको भन्दै उनले समाचारको खण्डनसमेत गरेका छन्।