Skip This
प्रधानमन्त्री प्रचण्डले गरे केपी ओलीलाई एकताको अपिल 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ बैशाख १० सोमबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १० सोमबार १४:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्डले गरे केपी ओलीलाई एकताको अपिल 

हिजो विश्वास-अविश्वासको चक्रबाट गुज्रियौँ, अब नयाँ प्रक्रियातिर अघि बढौँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १० सोमबार १४:४५:oo

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एकताका लागि आग्रह गर्दै नयाँ प्रक्रियामा अघि बढ्न अपिल गरेका छन्।

कम्युनिस्ट पार्टी स्थापनाको ७५औँ वर्षगाँठमा एमालेले ललितपुरको गोदावरीमा आयोजना गरेको हीरक महोत्सवलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तो अपिल गरेका हुन्। विगतमा अविश्वासकै कारण पार्टी विभाजन भएकोतर्फ इंगित गर्दै प्रचण्डले अब त्यसबाट पाठ सिकेर एकतामा अघि बढ्न ध्यानाकर्षण गराए। 

‘म कमरेड केपी ओलीलाई विश्वास गर्न चाहन्छु । हिजो हामी विश्वास र अविश्वासको चक्रबाट गुज्रिएका छौँ, म उहाँलाई विश्वास गर्न चाहान्छु र नयाँ प्रक्रियातिर अगाडि बढौँ भन्ने अपिल पनि गर्न चाहन्छु,’ प्रचण्डले सम्बोधनमा भने। 

मुलुकका प्रमुख दलका सबै शीर्ष नेतृत्वलाई महोत्सवमा भेला पारेर एमालेले सिंगो राष्ट्रलाई एक ठाउँमा ल्याएर एकताको भाव पैदा गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि आभारसहित धन्यवाद व्यक्त गरे। 

उनले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई गणतन्त्र गौरव राष्ट्रिय सम्मान दिएकोमा धेरै खुसी लागेको भन्दै प्रधानमन्त्री प्रचण्डले आफू पनि त्यसको एउटा सहभागी आयोजककै रूपमा सम्झिन एमालेलाई आग्रह पनि गरे।