१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन वर्षभित्र चारसय शय्याकाे पूर्वाधार बन्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:१८:oo

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन वर्षभित्र चारसय शय्याको अस्पतालका लागि पूर्वाधार निर्माण गरिने भएको छ । प्रतिष्ठानको शुक्रबार बसेको चौथो सभा बैठकले आर्थिक वर्ष २०८१/०८२  भित्र चार सय शय्याको अस्पतालको पूर्वाधार विकास गर्नुका साथै स्वास्थ्य विज्ञानको उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गर्नेसमेत निर्णय भएको प्रतिष्ठानका रजिस्ट्रार प्रकाश थापाले जानकारी दिए । 

उनले शुक्रबार एक विज्ञप्ति जारी गरी मुलुकलाई दक्ष जनशक्ति उत्पादन गर्न तथा स्वास्थ्य सेवामा सर्वसाधारण जनतालाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने गरी प्रतिष्ठानले तयार गरेको कार्यायोजनालाई स्वीकृति गर्ने निर्णय भएको हो । त्यस्तै, प्रतिष्ठान ऐन, २०७४ को दफा ८(ख) को प्रावधानबमोजिम आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट तथा कार्यक्रम, महालेखा परीक्षणको कार्यालयले पेस गरेको ५७ औँ र ५८ औँ प्रतिवेदनसमेत पारित गरिएको हो । 

साथै, प्रतिष्ठानले लोकसेवा आयोगसँग समन्वय गरी तयार गरेको ‘शिक्षक तथा कर्मचारीहरू सेवा सर्त नियमावली, २०७८’लाई सभाबाट स्वीकृत गरी आगामी दिनमा रिक्त दरबन्दीहरूको लोकसेवा आयोगसँग समन्वय गरी पदपूर्ति गर्दै जाने विषयसमेत सहज भएको पुनले विज्ञप्तिमा लेखेका छन् । 

त्यस अवसरमा प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाले आवश्यक विकास र विस्तारका लागि सरकारीस्तरबाट सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका थिए । 
 

ad
ad