मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
एजेन्सी नयाँ दिल्ली
Invalid date format १२:४५:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

बलिउड अभिनेता सिद्धार्थ शुक्लाको निधन

Read Time : < 1 मिनेट
एजेन्सी नयाँ दिल्ली
नयाँ पत्रिका नयाँ दिल्ली
Invalid date format १२:४५:oo

बलिउड अभिनेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण मृत्यु भएको छ। ४० वर्षीय शुक्लाको मुम्बईस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। समाचारहरूमा जनाइएअनुसार बुधबार राति उनले औषधि सेवन गरेर सुतेका थिए। उनको शरीरमा कुनै बाहिरी चोट नपाइएको चिकित्सकहरूले बताएका छन्।

मोडलका रूपमा आफ्नो करिअर सुरु गरेका शुक्ला सन् २००५ मा ‘वर्ल्ड बेस्ट मोडल’ घोषित भएका थिए। उनले ‘ब्रोकन बट ब्युटिफुल–३’, ‘बालिका वधु’ र ‘दिल से दिल तक जस्ता सिरियलहरूमा अभिनय गरेका थिए।

‘सावधान इन्डिया’ र ‘इन्डिया गट ट्यालेन्ट’जस्ता रियालिटी शो होस्ट गरिसकेका शुक्लाले ‘फियर फ्याक्टर सिजन ७’ र ‘बिग बोस सिजन १३’ को उपाधि जितेका थिए।