
सन् १९४५ : अमेरिकाले ‘न्यु–मेक्सिको’ राज्यमा विश्वको पहिलो आणविक बमको सफल परीक्षण गर्यो । ‘ट्रिनिटी टेस्ट’ नाम दिइएको परीक्षणमा प्रयोग भएको बमको नाम ‘ग्याजेट’ राखिको थियो
सन् १७८९ : फ्रान्सेली राजा लुई सोह्रौँले पाँच दिनअघि बर्खास्त गरेका वित्तमन्त्री ज्याक नेकरलाई पुन: पदमा फिर्ता गरे । आम असन्तोष साम्य पार्ने उद्देश्यले उनलाई पदमा फिर्ता गरिएको थियो ।
सन् १७९० : अमेरिकी कंग्रेसले ‘रेजिडन्स एक्ट’ पारित गर्दै ‘डिक्ट्रिक्ट अफ कोलम्बिया’ अन्तर्गतको वासिंटन सहरलाई देशको स्थायी राजधानी तय गर्यो ।
सन् १९१८ : जुलाई १६–१७ मध्यराततिर बोल्जेभिक क्रान्तिकारीले बन्दी अवस्थामा रहेका निलम्बित जार निकोलस द्वितीय, उनकी श्रीमती र तिनका पाँच सन्तानलाई हत्या गरे । साथमा उनीहरूका चार सहयोगीसमेत मारिएका थिए ।
सन् १९४० : हिटलरले ब्रिटेनविरुद्धको स्थल आक्रमण अभियान (अप्रेसन सिलायन)को तयारीको आदेश दिए । तथापि, यो प्रस्तावित सैन्य अभियान कहिल्यै कार्यान्वयन गरिएन ।
सन् १९६९ : पहिलो मानववाहक चन्द्रयान ‘एपोलो ११’ अमेरिकाको केनेडी स्पेस सेन्टरबाट चन्द्रमाको लागि उड्यो । यान २० जुलाईमा चन्द्रमा अवतरण गरेर चार दिनपछि पृथ्वीको सतह फर्किएको थियो ।
सन् १९७९ : सद्दाम हुसेन इराकका राष्ट्रपति चुनिएसँग उनको झन्डै अढाई दशकको शासन सुरु भयो ।