मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ १७ बिहीबार
  • Friday, 19 September, 2025
२o७८ भदौ १७ बिहीबार १o:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिड– १९ प्रतिकार्यका लागि रसुवाका स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ १७ बिहीबार १o:५९:oo

कोभिड– १९ प्रतिकार्यका लागि स्वास्थ्य कार्यालय रसुवालाई स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गरिएको छ। टाउला भोल्डाजे, टाइड फाउन्डेसन र एसिया अनलुसले जिल्लाका स्वास्थ्य संस्थाहरूमा प्रयोग हुने गरी स्वास्थ्य कार्यालय रसुवालाई स्वास्थ्य सामग्री तथा उपकरण प्रदान गरेको हो।

बुधबार स्वास्थ्य कार्यालय रसुवामा एक कार्यक्रमको आयोजना गरी एसिया अनलुसका प्रोग्राम डाइरेक्टर नवराज आचार्यले स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेलाई २४ प्रकारका स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण गरेका हुन्।

जर्मनीबाट ल्याइएको अक्सिजन कन्सन्ट्रेटर पाँच लिटरको चार सेट, फिक्स प्रेसर सी प्याब डिभाइस एक पिस, स्टेसनरी अक्सिजन सेट २० सेट, रेस्पिरेसन ट्युब चार पिस, हस्पिटल मास्क चार पिस, फायर प्रिभेन्सर भल्ब २० पिस, स्पोर्ट चेक पल्स अक्सिमिटर तीन सेट, ह्यान्ड हेल्ड पल्स अक्सिमिटर पाँच सेट, फेस मास्क आठ सेट, रिजरभर ब्याक मास्क आठ सेट, सर्जिकल मास्क दुई हजार पिस, एन– ९० फाइभ मास्क दुई सय पिसलगायत नौ लाख ५६ हजार दुई सय ५५ रुपैयाँबराबरको २४ प्रकारका स्वास्थ्य सामग्री तथा उपकरण हस्तान्तरण गरिएको आचार्यले बताए।

सामग्री बुझ्दै स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले आवश्यकताका आधारमा उक्त सामग्री जिल्लाका स्वास्थ्य संस्थाहरूमा वितरण हुने बताए।