१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ १६ बुधबार ०८:१९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

चेपाङ बस्तीको विद्यालयमा पुस्तकालय स्थापना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ १६ बुधबार ०८:१९:००

चितवनको इच्छामनकामना गाउँपालिका–७ तुन्तेषस्थित राष्ट्रिय आधारभूत विद्यालयमा के फाउन्डेशन ग्लोबलले पुस्तकालय स्थापना गरेको छ । चेपाङ बस्तीमा रहेको यस विद्यालयमा कक्षा १ देखि ५ कक्षासम्म अध्यापन हुन्छ । उनीहरूलाई नै लक्षित गर्दै पुस्ताकालय स्थापना गरिएको हो ।

फाउन्डेशनका अध्यक्ष सौरभ रिमालले दुर्गम भेगका विद्यालयमा पुस्तकालय स्थापनामा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । पुस्तकालयले अध्ययनरत बालबालिकाको शैक्षिक गुणस्तर सुधार ल्याउने उनले विश्वास व्यक्त गरे । विद्यालयमा पुस्तकालय मात्रै नभएर विद्यार्थीलाई पोसाक र खेलसामग्री पनि वितरण गरेको उनले बताए । फाउन्डेसनले बस्तीमा निःशुल्क स्वास्थ्य परीक्षण र औषधि प्रदान गरेकोसमेत रिमालले बताए । 

सिटामोलसमेत नपाउने र सामान्य उपचारका लागि पनि सहर धाउनुपर्ने विकट गाउँमा निःशुल्क स्वास्थ्य सेवा दिएकोमा वडाध्यक्ष भूपेन्द्र चेपाङले प्रशंसा गरे ।