निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १३ शुक्रबार
  • Friday, 27 May, 2022
२०७८ भदौ १५ मंगलबार १७:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई फरार प्रतिवादी पक्राउ

Read Time : < 1 मिनेट
२०७८ भदौ १५ मंगलबार १७:३१:००

जिल्ला प्रहरी कार्यालय मकवानपुरले फरार दुई प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला अदालत मकवानपुरबाट लागुऔषध गाँजा मुद्दामा नाै महिना चार दिन कैद भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादी मकवानपुर डाँडाखर्क– ४ का चित्रबहादुर थिङ र विविध मुद्दामा ६ महिना कैद र पाँच हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी हेटौँडा उपमहानगरपालिका– ९ का काले भन्ने अभिषेक लामा ध्यावालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका दुवैजनालाई कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिएका छन्।