१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार २o:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अफगानिस्तानबाट ८२८ नेपाली फर्किए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार २o:३७:oo

अफगानिस्तानबाट उद्धार भएका नेपालीहरूमध्ये आइतबार साँझ फ्लाई दुबईको नियमित उडानबाट पाँचजना तथा सोमबार टर्किस एयरको नियमित उडानबाट ४५ जनासमेत थप ५० जना स्वदेश फर्केका छन् । हालसम्म कुल आठ सय २८ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

अफगानिस्तानमा उद्धारको पर्खाइमा ३४ जना नेपाली छन् । ‘काबुलमा उद्धारको पर्खाइमा रहनुभएका थप नेपाली नागरिकहरूलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको छ,’ परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आगमनपश्चात् कोभिड– १९ संकट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार कोभिड– १९ परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ ।’

ad
ad