१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o६:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भागरथीका परिवारलाई आर्थिक सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:३३:oo

दुई लाख ७० हजार आठ सय ४० रुपैयाँ  सहयोग

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ की स्वर्गीय भागरथी भट्टका परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपालिज असाेसिएसन अफ भिक्टोरिया, गैरआवासीय नेपाली संघ अस्ट्रेलिया र सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाले संकलन गरेको दुई लाख ७० हजार आठ सय ४० रुपैयाँ विकासमा सिर्जनशीलता नेपाल नामक संस्थामार्फत स्वर्गीय भागरथीका परिवारलाई हस्तान्तरण गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उक्त रकमको चेक भागरथीका परिवारका सदस्यलाई शनिबार धनगढीमा हस्तान्तरण गरे । सो अवसरमा मुख्यमन्त्री भट्टले थोरै भए पनि आर्थिक सहयोगले पीडित परिवारलाई राहत पुग्ने बताए । उनले प्रदेश सरकारले पनि भागरथीका आफन्तलाई पाँच लाख रुपैयाँ प्रदान गरेको जानकारी दिए।

समाजमा बढ्दो बलात्कार र हत्याका घटना नियन्त्रणका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उनले बताए । ‘विदेशमा बस्ने नेपालीले पीडामा रहेका परिवारलाई गरेको सहयोग सराहनीय छ,’ मुख्यमन्त्री भट्टले भने ।

भागरथीका आफन्तलाई सहयोग जुटाउन नेपालिज असोसिएसन अफ भिक्टोरिया, गैरआवासीय नेपाली संघ अस्ट्रेलिया र सुदूरपश्चिम नेपाली समाज भिक्टोरिया च्यारिटी क्रिकेट म्याच आयोजना गरेको थियो । च्यारिटी म्याचमा सहभागीहरूले व्यक्तिगत रूपमा गरेको सहयोग रकम र मल्टिडाइनामिक रिअल स्टेटले गरेको सहयोग गरी दुई लाख ७० हजार आठ सय ४० रुपैयाँ संकलन भएको सहयोग हस्तान्तरण कार्यक्रममा भर्चुअल माध्यमबाट जोडिएका नेपालिज असाेसिएसन अफ भिक्टोरियाका उपाध्यक्ष प्रेमराज उप्रेतीले जानकारी दिए ।

दोगडाकेदार– ७ स्थित सनातन माविमा कक्षा १२ मा अध्ययनरत भागरथी गत माघ २१ गते बुधबार विद्यालयबाट घर जाने क्रममा बेपत्ता भएकी थिइन् । दुई दिनपछि हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो । 
 

ad
ad